नेपालगञ्ज – नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकैपरिवारका चार जनाएको मृत्यु भएको छ ।


ADVERTISEMENT


चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्युहुनेमा धनप्रसाद सहित उनकी बहिनी अन्दाजी २२ वर्षीया कोली, तीन महिनाका छोरा इप्सन भट्टराई र सासू अन्दाजी ५५ वर्षीया कोपिला छन् ।


ADVERTISEMENT

# # #


खाँडाचक्र नगरपालिका–६ कालीकोट निवासी उनीहरु एउटै कोठामा सुतेका थिए । त्यस्तै अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । बिहान करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृतास्थामा फेला परेका थिए ।