अत्तरिया – मंगलवार रातिदेखिको हिमपातका कारण अवरुद्ध भएको बझाङ र बाजुराको सडक अझै खुल्न सकेको छैन । सुदूरपश्चिम प्रदेशको उच्च हिमाली क्षेत्रमा परेको हिमपात रोकिएको भए पनि सडकमा हिउँ जमेपछि अवरुद्ध भएको सडक सुचारु हुन नसकेको हो ।


ADVERTISEMENT


हिमपातका कारण बुधवार अवरुद्ध भएको डडेल्धुराको साउखर्क , हगुल्टे तथा बैतडीको खोड्पेको सडक सुचारु भए पनि बझाङको खोड्पे बझाङ सडक खण्ड र बाजुराको साफे मार्तडी सडक खण्ड अझै अवरुद्ध रहेको प्रादेशिक ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ।


ADVERTISEMENT

# # #


प्रादेशिक ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार खोड्पे बझाङ सडक खण्ड स्थित झोलेको मोडमा हिउँका कारण सडक अवरुद्ध भएको हो ।

त्यस्तै साँफे–मार्तडी सडक खण्ड बडिमालिका नगरपालिका ४ मा गोल्देउवामा पनि सडक अवरुद्ध छ । ती क्षेत्रमा सडक सुचारुको प्रयास भइरहेको उनले बताए ।