काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन् ।


ADVERTISEMENT


लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिएका हुन् । प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली महिला भलिबल टोलीलाई शुभकामना दिए ।


ADVERTISEMENT

# # #


बंगलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला भलिबल टोलीले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो । ढाकास्थित शाहिद सूरवार्दी इन्डोर रङ्गशालामा नेपालले प्रतिस्पर्धात्मक खेलमा उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ अंकले पराजित गरेको हो ।

प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको थियो । नेपाली महिला भलिबल टोलीले सन् २०१९ मा बंगलादेशमै सम्पन्न उक्त प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो ।