काठमाडौं  – पश्चिमी क्षेत्र हुँदै पूर्वतिर सर्दै गएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकासहितका विभिन्न क्षेत्रमा पानी परेको छ ।


ADVERTISEMENT


मंगलबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । अहिले देशभर सामान्यदेखि पुर्ण बदली रही अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भैरहेको मौसमविदले बताएका छन् ।


ADVERTISEMENT

# # #


बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।