काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका छन्।


ADVERTISEMENT


उनी मंगलबार मध्यान्ह काठमाडौँ आइपुगेका हुन् । उनले दोस्रोपटक नेपाली टोलीको जिम्मेवारी सम्हाल्न लागेका हुन्।


ADVERTISEMENT

# # #


आगामी फेब्रुअरीमा आयोजना हुने टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोट र आईसिसी विश्वकप लिग-२ दासानायकेको प्रशिक्षणमा नेपालले खेल्ने सुरुवाति प्रतियोगिताहरु हुनेछन् ।

यसअघि नेपाली टोलीको पहिलोपटकको जिम्मेवारीमा दासानायकेले नेपाली टोलीलाई टीट्वेन्टी विश्वकपसम्म पुर्‍याएका थिए ।