काठमाडौँ – केही दिनयता निरन्तर बढिरहेको नेप्से परिसूचक शेयर बजार सोमबा झण्डै ७० अंकले घटेको छ । शेयर कारोबार हुने साताको दोस्रो आज नेप्से ६९.७७ अंकले घटेको हो ।


ADVERTISEMENT


नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक घटेर २५२१.६५ बिन्दुमा आइपुगेको हो । आइतबारमात्रै नेप्से ७१.२० अङ्कले बढेर दुई हजार ५९१.४२ मा पुगे थियो ।


ADVERTISEMENT

# # #


यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.८५ अङ्कले घटेर ४७१.८९ मा पुगेको छ । कूल २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर रु ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ । जसअनुसार जलविद्युत् १०८.५५ र वित्त ७०.६१ अङ्कले ओरालो लागेको छ । यस्तै, बैंकिङ २७.११, व्यापार ६८.२, होटल तथा पर्यटन ४२.०३, विकास बैंक १७३.४६, निर्जीवन बीमा ६१८.४४ उत्पादन ११६.६१, अन्य ९३.०३, जीवन बीमा २९०.७२, सामूहिक लगानी कोष ०.०१ र लगानी ३.०३ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३० करोड ६० लाख ९९ हजार २०२ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट रु २६ करोड ३७ लाख १२ हजार ८८१, नेपाल लाइफ इन्स्योरेन्स रु २४ करोड ९७ लाख ५९७ हजार, हिमालयन डिस्टिलरी २१ करोड ४१ लाख १९ हजार ३०१ र महालक्ष्मी विकास बैँक लिमिटेड १८ करोड ३५ लाख ६५ हजार २०२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

यी कम्पनीका लगानीकर्ताले कमाए

आइतबार अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ८ वटा कम्पनीको मूल्य भनेर बढेको छ । जसअनुसार गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । कम्पनीको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ८७६.७० रुपैयाँमा कारोबार भएको छ । यस्तै मध्येभोटेकाशी जलविद्युतका लगानीकर्ताले पनि १० प्रतिशत कमाएका छन् । आइतबारदेखि दोस्रो बजारमा आएको कम्पनीको मूल्य प्रतिकित्ता आज १२१ रुपैयाँ पुगेको छ ।

यस्तै सामलिङ पावर ५.९२ प्रतिशत बढेर ४९७ रुपैयाँ, मेगा बैँक २.७० प्रतिशतले बढेर २८५ रुपैयाँ, माहुली सामुदायिक लघुवित्त २.३७ प्रतिशतले बढेर १५३८ रुपैयाँ, बोटलर्स नेपाल १.७३ प्रतिशतले बढेर १४ हजार ८५० रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स ०.४६ प्रतिशतले बढेर १५४० रुपैँयाँ प्रतिकित्तामा कारोबार भएको छ ।

यस्तै जोशी हाइड्रो पावरका लगानीकर्ताले ८.५४ प्रतिशत गुमाएका छन् भने घलेम्दी हाइड्रोका लगानीकर्ताले ८.२१, जानकी फाइनान्स र सानिमा जनरनल इम्स्योरेन्सका लगानीकर्ताले समान ७.१७ प्रतिशत गुमाएका छन् ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब ६३ अर्ब ३२ करोड ५ लाख १ हजार ८०० बराबर पुगेको छ ।