काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह माओवादीको जनयुद्धको जगमा भएको बताएका छन् ।


ADVERTISEMENT


नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष यादवले गठबन्धनको सरकार एक ठाउँमा भएको भन्दै विगतका गल्‍तीलाई सच्याएर अघि बढ्नुपर्ने बताए । संघीय गणतन्त्रको विकल्प नरहेको भन्दै उनले संसद संचालनलाई कसैले रोक्न नसक्ने पनि बताए ।


ADVERTISEMENT

# # #


उनले संविधानलाई सबैले आत्मसाथ गर्ने गरी रुपान्तरित गर्नका लागि संविधान संशोधन र परिमार्जन अत्यन्त महत्वपूर्ण र आवश्यक रेहेको बताए । उनले अब संघीय संसद अवरुद्ध गरेर कसैलाई केही प्राप्त नहुने बताए ।

‘संसद अवरुद्ध गरेर केही प्राप्त हुनेवाला छैन ।’ उनले भने, ‘माधवजी संसदमा हुनुहुन्छ त्यसैले अवरुद्ध गर्यौं भन्नुहुन्छ । तर, माधवजी यतै (मञ्चमा) हुनुहुन्छ, अवरुछद्ध गर्नेहरु पनि यहीँ हुनुहुन्छ । सबैले लालझण्डा फहराउँदै हुनुहुन्छ । त्यसैले यस किसिमका हठहरु त्यागौँ ।’

त्यस्तै समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संविधान जारी भएको ५ वर्षभन्दा धेरै भइसक्दा पनि मधेसका माग सम्बोधन नभएको बताए । राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको बताए ।