वीरगन्ज– भारत दूतावास, वीरगन्जले नेपालमा बसोबासित भारतीय नागरिकको गुनासोको सम्बोधन गरेको छ ।


ADVERTISEMENT


आजादी अमृत महोत्सवको विशेष सप्ताहअन्तर्गत वीरगन्जस्थित दूतावासले नेपालमा बसोबासित भारतीय नागरिकको समस्या एवम् गुनासो सम्बोधनका निमित्त ‘ओपन हाउस फर कन्सुलर ग्रिभएन्सेस’ को आयोजना गरेको गरेको हो ।


ADVERTISEMENT

# # #


दूतावास परिसरभित्रै आयोजना गरिएको सो कार्यक्रममा दूतावासले नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरुको नियमित बाहेकका गुनासोहरुलाई सम्बोधन गरेको छ ।

कन्सुल जनरल नितेश कुमारको अध्यक्षतामा सम्पन्न उक्त मन्चमा झण्डै पर्सा र बाराका कलकारखानामा कार्यरत करिब ३० जना भारतीयका गुनासोलाई सम्बोधन गरिएको थियो ।