काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सबैको सभापति भएको प्रत्याभूति पार्टीमा दिने बताएका छन् । १४ औं महाधिवेशनबाट निर्वाचितहरुलाई प्रमाणपत्र वितरणका लागि शनिबार आयोजना गरेको कार्यक्रममा देउवाले सभापतिमा विजयी भएको प्रमाणपत्र लिँदै आफू पार्टीमा सबैको भावनाको कदर गर्ने बताए । ‘म सबैको सभापति हुँ। सबैको भावना कदर गर्नेछु’ उनले भने ।


ADVERTISEMENT


महाधिवेशनमा निर्वाचन कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेकोमा निर्वाचन समितिलाई धन्यवाद दिए । ‘ुसमस्याका बावजुत पनि निर्वाचन सम्पन्न गर्नु भयो । कांग्रेसका लागि नयाँ आयाम थप्नु भएको छ’ उनले भने, ‘वडादेखि नै नेतृत्व चयन सायद अरु दलमा छैन। ग्रास रुटदेखि भिजेको छ।’


ADVERTISEMENT

# # #


३३ प्रतिशत महिला सहभागता अरु दलमा नभएको भन्दै उनले तल्लोतहबाट नै महिलालाई ठाउँ दिएर नेतृत्व कांग्रेसले दिएको उल्लेख गरे । देउवाले आगामी निर्वाचनमा सबै तहमा जित हात पारेर ठूलो पार्टी बन्नु पर्ने बताए ।