काठमाडौँ– लुम्बिनी विकास बैंक लिमिटेडले आज आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै बैंकले भर्चुअल माध्यमबाट बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
उक्त सभाले आ.व. २०७७/७८ को बार्षिक प्रतिवेदन पारित गरी आ.व २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सगै शेयरधनीलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयर सहित कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका कर्मचारी एवम् शेयधनीहरुको उपस्थित रहेको सो कार्यक्रममा सहभागी भएका शेयरधनीको जिज्ञासालाई भने अध्यक्ष रिसाल एवम् प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सम्बोधन गरेका थिए ।
लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख भन्दा बढी ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।