बुटवल– नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला परेका हुन् ।


ADVERTISEMENT


रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । ‘अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो’, अधिकारी तिवारीले सुनाए ।


ADVERTISEMENT

# # #


यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए । उनको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । रासस