काठमाडौँ– सरकारले ईसाई धर्मावलम्बीहरुको विशेष पर्व क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै प्रवक्ता कार्कीले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन् ।