काठमाडौँ– विश्व शान्ति स्थापनका लागि युएनमिसन अन्तर्गत विभिन्न मुलुकमा आफ्नो योगदान पुर्‍याउँदै आएको नेपाली सेना पहिलो पटक युनाइटेड नेशन्स अर्गनाईजेशन स्टाबीलाईजेशन मिशन इन द डेमोक्रेटिक रिपब्लिक अफ दि कङ्गो (मनुस्को) प्रस्थान गरेको छ ।


ADVERTISEMENT


बुधवार सेनानी रन्जित थापाको नेतृ ईथिओपेनश एयरलाइन्स मार्फत ८ महिला सैनिक सहित कुल दुई सय १० नेपाली सेना जवान कङ्गो प्रस्थान गरेको हो ।


ADVERTISEMENT

# # #


यससँगै मनुस्को मिशन कङ्गोमा पनिशान्ति स्थापनार्थ नेपाली सेनाको थप एक कम्पनी तैनाथ भएको रक्षा मन्त्रालयले जनाएको छ ।

सेनाले कोभिड–१९ महामारीका बाबजुद पनि सम्पुर्ण सुरक्षा सतर्कताकालाई ध्यानमा राख्दै शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदली प्रक्रियालाई क्रमबद्ध रुपमै प्राथमिकतामा राखिएको थियो ।