काठमाडौँ– विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । उनले आज विज्ञप्ति जारी गरी पार्टीको मूल नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।


ADVERTISEMENT


‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’, उनीद्वारा लिखित विज्ञप्तिमा भनिएको छ ।


ADVERTISEMENT

# # #


आगामी स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय हुने भन्दै नेत्री दर्शनाले सो पत्रमा राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको सङ्गठन, मूल नेतृत्व नै सही नभएको आरोप लगाएकी छन् । उनी तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् ।

दर्शना स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारसमेत बेनेकी थिइन् ।