काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज खस आर्य, आदिवासी जनजाति र दलित क्लस्टरको मतगणना भइरहेको छ ।


ADVERTISEMENT


खस आर्यबाट १३, आदिवासी जनजातिबाट १५ र दलितबाट नौ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसको विधानमा छ । आज ३७ केन्द्रीय सदस्यको मतपरिणाम आउनेछ । अरु परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।


ADVERTISEMENT

# # #


तीन क्लस्टरबाहेकको निर्वाचन परिणाम प्राप्त भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । पार्टी विधानमा १२१ केन्द्रीय सदस्य र १३ पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । एक सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ । यसैगरी ३३ केन्द्रीय सदस्य मनोनयनको अधिकार पनि सभापतिलाई दिइएको छ ।

आगामी चारवर्षे कार्यकालका लागि गत मङ्सिर २७ गते मतदान भएको थियो । विद्युतीय मतदान प्रक्रियामा जान सहमति नजुटेका कारण निर्वाचनको अन्तिम परिणाम आउन एक हप्ताभन्दा बढी समय लागेको छ । आज बेलुकीसम्म भने सबै परिणाम प्राप्त भइसक्ने निर्वाचन समितिले जनाएको छ ।