सामान्यतयाः बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य अन्य ब्यक्तिहरुको तुलनामा संवेदनशिल हुने गर्दछ । जसकारण शारीरिक रुपमा बाहिरी वातावरणको प्रभाव नपरोस् भन्नका निम्ति यस समूहको उचित ख्याल राख्नु पर्ने हुन्छ । अझ नवजात शिशुको बारेमा भन्नुपर्दा उनीहरुको शरीरका प्रत्येक अंगहरु कलिलो तथा अति नै संवेदनशिल हुने भएकाले उनीहरुमा बाहिरी वातावरणीय प्रभावको असर पनि छिटै देखा पर्दछ ।


ADVERTISEMENT


तसर्थ हामीहरुले बाहिरी वातावरणको प्रभाव देखा नपरोस् भन्नका निम्ति उनीहरुको उचित ख्याल राख्नुपर्दछ । अझ अन्य बालबालिकाको तुलनामा नवजात शिशुमा देखा परेको समस्या पहिचान गर्न निकै नै गाहृो हुने गर्दछ । त्यसैले उनीहरुमा केहि समस्या देखा नपरोस् भन्नका निमित्त पनि हामीले उनीहरुको हेरचाह र स्याहार सुसारमा सक्दो ध्यान दिनु पर्दछ ।


ADVERTISEMENT

# # #


अहिले वातावरणीय दृष्टिकोणले जाडोयामको मौसम भएको कारण हामीले बालबालिकालाई सकेसम्म तातो न्यायो गरेर राख्नु पर्दछ । तर, यसो भन्दैमा उनीहरुलाई उनीहरुको क्षमताभन्दा भारी कपडा ओडाउनु वा लगाइदिनु भने हुदैन । यसले उनीहरुमा झन् सास फेर्न गाहृो हुने तथा निस्सासिने जस्ता समस्याहरु देखा पर्न सक्छ । त्यसैले हामीले उनीहरुलाई न्यायो बनाउने क्रममा उनीहरु बस्ने कोठा र नवजात शिशुलाई लगाइ दिएको कपडाहरुमा पनि उत्तिकै ध्यान दिनु आवश्यक हुन्छ ।

चिसोमा नवजात शिशुमा देखा पर्न सक्ने समस्याहरु

-घ्यार घ्यार हुने
-रुघाखोकि
-निमोनिया
-सास फेर्न गाहृो हुने
-शरीरको विभिन्न भाग निलो हुने
-रक्त वहनमा प्रभाव ।

रोकथाम तथा बच्ने उपाय

माथि उल्लेख गरेजस्तै कुनै पनि नवजात शिशुलाई अन्य ब्यक्तिको तुलनामा बढि तातो–न्यानोको आवश्यकता पर्दछ । त्यसैले हामीले नवजात शिशु र उनीहरु बस्ने कोठा दुवै न्यायो बनाइ राख्नु पर्दछ । तर, जाडोयाममा कतिपय अभिभावकहरुले शिशुलाई न्यानो बनाई राख्ने नाममा शिशु नै गुम्सिने गरी कोठाका झ्याल ढोका सबै बन्द गरेर हिटर तथा आगो बाल्ने गरेको पनि पाइन्छ । तर, यो विल्कुल गलत हो । यसो गर्नाले शिशुहरुमा सास फेर्न गाहृो भई उनीहरुमा निस्सासिने समस्याहरु देखा पर्दछ । त्यसैले हामीले उनीहरुलाई न्यायो बनाउने क्रममा गुम्साउनु भने हुदैन ।

यसैगरि नवजात शिशु लगातार ६ महिनासम्म आमाको दुधको भरमा नै बाच्ने भएकोले आमाले पनि शिशुमा यसता केहि पनि समस्या देखा नपरोस् भन्नका लागि आफु पनि तातो न्यानो गरेर बस्नु पर्दछ । आमाले खाएको खानाहरुबाट नै दुध आउने हुदा आमाले पनि तातो तथा झोलिलो खानाहरु बढि मात्रामा खानु पर्दछ । र, यस्तो बेला आमा शिशु दुवैमा कुनै पनि समस्या देखा परेमा चिकित्सकको परामर्श बिना शिशुलाई कुनै पनि किसिमको औषधिको प्रयोग गराउनु हुदैन नै संगसंगै परामर्श बिना आमाले कुनै पनि किसिमको औषधिको प्रयोग गर्नु हुदैन ।

अन्यथा यसको प्रभाव आमा संगसंगै शिशुमा पनि दिर्घकालीन रुपमा त्यसको प्रभाव देखा पर्न सक्छ । त्यसैले कुनै पनि औषधि प्रयोग गर्नुपुर्व शिशु तथा आमा दुवैले सम्बन्धित चिकित्सकको सल्लाह अनिवार्य रुपमा लिनु पर्दछ ।