काठमाडौँ – डडेल्धुरा जिल्ला समन्वय समितिका संयोजक गणेश राज भट्टको निधन भएको छ । ब्रेन ह्यामरेज भएपछि काठमाडौँँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत भट्टको सोमबार निधन भएको हो ।


ADVERTISEMENT


भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४औँ महासधिवेशन प्रतिनिधि बनेर काठमाडौँ आएका उनको सोही क्रममा ब्रेन ह्यामरेज भएको थियो । मृतक भट्टको आजै पशु्पति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार अघि प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भट्टको पार्थीव शरिरमा नेपाली काँग्रेस  ओढाएर सम्मान गरे ।


ADVERTISEMENT

# # #


लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भट्ट १४औँ महाधिवेशनमा नेपाली काँग्रेस डडेल्धुराको प्रदेश ‘ख’का सभापतिमा निर्वाचित भएका थिए । डडेल्धुराको अमरगढी नगरपालिका–६ का ४६ वर्षीय उनी वि.सं. २०४६ सालको जनआन्दोलनमा समेत सहभागी भएका थिए । काँग्रेसको युवा संगठन तरुण दलमा केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्षको समेत जिम्मेवारी सम्हालेका थिए ।

कानुन व्यवसायी समेत रहेका भट्टले लामो समय वकालत पनि गरेका थिए । समाज सेवामा पनि उत्तिकै सक्रिय उनले पत्रकारिता क्षेत्रको विकासका लागि पनि योगदान दिएका थिए ।