काठमाडौँ – कृषि विकास बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा रमेशकुमार केसी नियुक्त भएका छन् । समितिको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


नवनियूक्त अध्यक्ष नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हासिल गरेका छन् । उनी अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका थिए । सोमबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नवनियुक्त अध्यक्ष के.सी.लाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार सपथ ग्रहण गराएका हुन् ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु क्रमशः डा. निलम ढुंगाना तिम्सेना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

यस्तै कृषि विकास बैंक लि.का संचालक समिति सदस्य संजिव पौडेल, डा.इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल पनि उपस्थित थिए ।