काठमाडौँ– बानेश्वस्थित रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको जानकारी भएको छ ।


ADVERTISEMENT


यद्यपि जीम सेन्टरबाट शुरु भएको आगजनी के कति कारणले भएको हो ? भन्नेबारे केहि पनि जानकारी भने भइनसकेको प्रहरीको भनाई छ ।


ADVERTISEMENT

# # #


हाल काठमाडौं महानगरपालिकाका दुई वटा र भक्तपुर र ललितपुरका एक एक गरेर चार वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् । यद्यपि छैठौं र सातौं तलामा आगलागी भएकाले आगो नियन्त्रणमा कठिन भएको देखिएको छ ।