काठमाडौँ – प्रतिक्षित नेपाली चलचित्र ‘कबड्डी–४’को टिजर सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत ‘कबड्डी–४’ को टिजर सार्वजनिक भएको हो ।


ADVERTISEMENT


टिजर रिलिज भएसँगै ‘कबड्डी–४’ आगामी वैशाख २३ गते हलमा रिलिज हुने भएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा यसअघिकै श्रंखलाका अधिकांश कलाकारहरुको बाल्यता रहेको छ भने केही नयाँ कलाकार पनि थपिएका छन् ।


ADVERTISEMENT

# # #


फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, माओत्से गुरुङ लगायत दोहोरिएका छन् भने मिरुना मगरले इन्ट्री गरेकी छन् । दयाहाङ राई (‘अभागी’ काजी), रेश्मा घिमिरे (सोल्टिनी) र सौगात मल्ल (बमकाजी) बीचको प्रेम र अन्तरद्वन्द्वराई रोचक शैलीमा प्रस्तुत गरिएको कबड्डीका यसअघिका तीन वटै श्रृंखला दर्शकले निकै रुचाएका थिए ।

‘कबड्डी–४’को टिजर मा पनि काजी र मिरुना मगर मिस (शान्ति)को प्रेमको बीचमा बमकाजीको इन्ट्री भएसँगै फिल्म निकै रोचक हुने देखिएको छ ।

फिल्मलाई शैलेन्द्र डी कार्कीले खिचेका हुन् भने निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । कालीप्रसाद बाँस्कोटा, एसडी योगी र अन्पम शर्माको संगीत रहेको छ । फिल्मलाई रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् भने मणिराम पोख्रेल, विशाल गुरुङ, शुष्मा गुरुङ र मधु मिजार निर्माताका रुपमा रहेका छन् ।

टिजर हेर्नुहोस्: