काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई २१ प्रतिशतभन्दा बढी लाभांश प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


बैंकले आफ्नो २० औँ संस्थागत वार्षिकोत्सवको अवसरमा बैंकका शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश प्रदान गरिने जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


आर्थिक वर्ष २०७७/७८ मा विभिन्न वित्तीय सूचाकंहरुमा ठूलो फड्को मारेको जनाउँदै बैंकले शेयरधनीलाई पहिलो पटक २१.०५२६ प्रतिशतको ऐतिहासिक लाभांश दिन लागेको हो ।

बैंकका अनुसार, पहिलेको आर्थिक वर्ष २०७६/७७ को तुलनामा आव २०७७/७८ मा बैंकको कर्जा प्रवाह १६ प्रतिशत तथा निक्षेप संकलन ६ प्रतिशतले बढेको छ । यस्तै, बैंकको खुद नाफा आर्थिक वर्ष २०७६/७७ को तुलनामा ६३.५७ प्रतिशत र वितरणयोग्य नाफा समेत १४५ प्रतिशतले बढेको छ ।

जसकारण संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाटहाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिने बैंकले जनाएको छ ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गविगगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मीको वार्षिक साधारण सभा आगामी २५ पौषमा आर्मी अफिसर्स क्लब, भद्रकालीस्थित आयोजना हुदैँछ ।