काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र शिक्षा हुन नहुने भन्दै सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने उनको विश्वास छ । उनले मुलुकको लोकतान्त्रीक प्रणालीलाई सवल र सृदृढ बनाउन, मुलुकको अर्थतन्त्रलाई तीव्ररुपमा रुपान्तरण गर्न दक्ष प्राविधिक जनशक्ति उत्पादन हुनुपर्ने धारणा राखे । प्रतिष्पर्धी विश्व शैक्षिक बजारलाई मध्यनजर गर्दै विश्वविद्यालयले समयानुकुल आफुलाई परिमार्जन गर्दै लैजानुपर्ने उनको भनाई छ ।

कार्यक्रममा विश्वविद्यालयबाट विभिन्न संकायका परीक्षाहरुमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी सर्वप्रथम हुने उत्कृष्ट २१ विद्यार्थीलाई २९ विधामा पदक एवं पुरस्कार वितरण गरिएको छ भने दिक्षित विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।