काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा हजारभन्दा माथि मत ल्याएर पनि निर्वाचनमा पराजित हुनुपरेका केहि उम्मेदवारहरु पनि छन् । पराजित हुनुपरेका उम्मेदवारहरुलाई मनमा चीसो परेको छ । हुनत खुला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा  ६४ जना उम्मेदवारहरु भएका छन् । थोरै मतले मात्र पराजित हुँदाको पीडा अलिक बढी नै हुने गर्दछ ।


ADVERTISEMENT


निर्वाचनमा भाग लिएका ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए । पराजित उम्मेदवारहरू कोही यस्ता छन् कि जसले राम्रो भोट पाए, तर ३५ जनाको निश्चित कोटाभित्र पर्न सकेनन् । थोरै मतान्तरले हारेका केहि उम्मेदवारहरुमा मनोजमणि आचार्य  १६५४, केदार कार्कीले १६४४, बीरेन्द्रकुमार कनौडिया १५१९, मंगलप्रसाद थारु १५१७ रहेका छन् । पराजित उम्मेदवारहरुमध्ये हजार भन्दा बढी मत ल्याएर पनि पराजित हुनेहरुको चर्चा गरौं ।


ADVERTISEMENT

# # #


हजार भन्दा बढी मत ल्याएर पनि पराजित हुनेहरुको नामावली र पाएको मत

 मनोजमणि अचार्य  १६५४

 केदार कार्की १६४४

 बीरेन्द्रकुमार कनौडिया  १५१९

 मंगलप्रसाद थारु  १५१७

 लोकेश ढकाल १४९५

 प्राडा तीर्थराज खनिया १४८२

 यज्ञबहादुर थापा  १४६०

 शम्भुलाल श्रेष्ठ  १४२०

 जनकराज गिरी  १४१९

 रत्न बहादुर कार्की  १३९८

 हरि प्रसाद नेपाल  १३८४

 राजेन्द्र बजगाईं १३५३

 प्रमोद हरि गुरागाइँ  १३२६

 हस्तबहादुर मल्ल  १२९६

 डा सुरेशचन्द्र चालिसे  १२९४

 धावा गुरुङ  १२८२

 डा सुरेश मल्ल १२६०

 नरेश बहादुर सिंह  १२३९

 लक्ष्मण बहादुर बस्नेत १२३७

 सुधिरकुमार शिवाकोटी  १२२९

 गङाधर तिवारी  १२२८

 सुरेन्द्र हमाल  १२०३

 टेकराज पौडेल  ११९६

 गोकर्ण पौड्याल  ११८१

 मोहन प्रसाद बराल ११७९

 गणेश बहादुर खड्का  ११६७

 इ दिपक बाबू कंडेल ११३८

 सुवास कुमार पोखरेल  ११०७

 खगेन्द्र प्रसाद तिवारी  १०६९

 मथुरा प्रसाद घिमिरे  १०४१

 क्षितिज भन्डारी  १०४०

बलबहादुर कुँवर  १०२७