कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जलवायु परिर्वतनले नकारात्मक असर पार्दा वातावरणीय समस्या देखा परिरहेको बताएकी छन् ।


ADVERTISEMENT


महेन्द्रनगरमा आइतबार आयोजित सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिकामञ्च कञ्चनपुर सम्मेलनमा उनले विकास निर्माण र योजजना कार्यान्वयन गर्दा जलवायु परिर्वतनको विषयलाई ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिए । बढ्दो जलवायु परिर्वतनका असरलाई मध्यनजर गर्दै सरकार र सरोकारवाला निकाय त्यसतर्फ गम्भीर भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।


ADVERTISEMENT

# # #


मन्त्री जोशीले भनिन् “विकासका नाउँमा पहाडमा गरिएको अन्धाधुन्ध बेमौसमी वर्षाले सुदूरपश्चिममा ठूलो असर गर्यो ।” उनले विपद्को असर कम गर्न पूर्व तयारीका लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको जानकारी दिइन् ।

यहाँस्थित भीमदत्त नगरपालिकाको आयोजना र स्थानीय नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको प्राविधिक सहयोगमा सञ्चालित सम्मेलनमा कञ्चनपुरका नौवटै पालिकाका प्रमुख÷उपप्रमुख, पालिकाका प्रशासकीय र वातावरण अधिकृतको सहभागिता छ । सम्मेलनमा जलवायु परिर्वतनले ल्याएको समस्या र विपद्को जोखिम तथा रोकथामबारे जलवायु विज्ञहरूले जानकारी गराएका छन् । रासस