काठमाडौं – नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका ३५ जनाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार राती सकिएको मतगणनामा सबैभन्दा धेरै मत ल्याउने ३५ जना कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


३५ जनाका लागि खुलामा ९९ जनाले उम्मेद्वारी दिएका थिए । मतपरिणामअनुसार केन्द्रीय सदस्यमा डा शशांक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका छन् । यस्तै एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणाले पनि सर्वाधिक मत ल्याएर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा युवा, विद्यार्थी नेतादेखि  पत्रकारसम्म छन् । कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित अधिकांश प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका छन् ।

यस्तै विद्यार्थी नेताबाट केन्द्रीय सदस्य बनेका नैनसिंह महर, तरुण दलका अध्यक्ष जितजंग बस्नेत र पत्रकार अजयबाबु सिवाकोटी पनि कांग्रेस केन्द्रीय सदस्य बनेका छन् ।