काठमाडौँ – युवा नेता कुन्दनराज काफ्ले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । काँग्रेस १४औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा उठेका काफ्ले भारी मतसहित निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


खुला तर्फको ३५ सिटका लागि भएको प्रतिस्पर्धामा आइतबार सम्पन्न मत परिणाम अनुसार काफ्लेले २२७९ मत ल्याएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय सदस्यतर्फ सर्वाधिक मत ल्याउनेको सूचिमा उनी २०औँ स्थानमा रहेका छन् ।


ADVERTISEMENT

# # #


विद्यार्थी राजनीतिबाटै काँग्रेसको यात्रा थालेका  काफ्लेले पहिलो प्रयासमा नै केन्द्रीय सदस्य जित्न सफल भएका हुन् । यससँगै काफ्ले १४औँ महाधिवेशनमा खुला तर्फ केन्द्रीय सदस्य जित्ने सबैभन्दा कान्छो सदस्य बनेका छन् ।

दोलखामा वि.सं. २०३८ मंसिर २३ जन्मिएका बस्नेत ४० वर्षको उमेरमा केन्द्रीय सदस्य बनेका हुन् । नैनसिंह महर नेविसंघको अध्यक्ष हुँदा काफ्ले महामन्त्री थिए ।