काठमाडौँ – काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । काँग्रेस १४औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा उठेका शिवाकोटी भारी मतसहित निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


खुला तर्फको ३५ सिटका लागि भएको प्रतिस्पर्धामा आइतबार सम्पन्न मत परिणाम अनुसार शिवाकोटीले १८११ मत ल्याएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय सदस्यतर्फ सर्वाधिक मत ल्याउनेको सूचिमा उनी २९औँ स्थानमा रहेका छन् ।


ADVERTISEMENT

# # #


तत्कालीन प्रतिनिधिसभाका सभामुख कृष्णा बहादुर महरा र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरणको समाचार ब्रेक गरेर चर्चामा आएका शिवाकोटी काँग्रेस राजनीतिमा होमिएका हुन् । उनले पहिलो प्रयासमा नै केन्द्रीय सदस्य जित्न सफल भएका छन् ।