काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नागरिकता नभएका नागरिकले पनि मतदान दिन पाउनुपर्ने माग राखेका छन् ।


ADVERTISEMENT


उनले आसन्न निर्वाचनका लागि मतदाता नामावली संकलन भइरहेको मतदाता नामावलिमा नागरिकता नभएका समेत सरिक गराउनपर्ने धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


आज एका बिहानै सामाजिक सञ्जालमा एक लेख पोष्ट गर्दै उनले निर्वाचन प्रक्रियामा भाग लिन पाउने प्रत्येक नागरिकको नैसर्गिक अधिकार भए पनि निर्वाचन आयोगले नागरिकता हुनेलाई मात्र मतदाता नामावलीमा समावेश गरेकोमा अध्यक्ष यादवले आपत्ती जनाएका हुन् ।

नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुवै फरक विषय रहेको बताउँदै उनले लेखेका छन्, ‘नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन न सकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुनसक्दैन । लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन सकेको छैन । त्यसैगरी लाखौं मधेसीहरुलाई नागरिकता प्रमाणपत्र राज्यले प्रदान गरेको छैन ।

अघि उनले भनेका छन्, ‘यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदातानमावलीमा समावेश नगर्नु , मतदान गर्न पाउने अधिकारबाट बन्चित गर्नु , निर्वाचनको प्रक्रियामा सामेल हुन बाट रोक्ने कार्य असम्बैधानिक हुनुका साथै अन्तरास्ट्रिय कानूनका विपरित र मानवता विरोधी कार्य हुन् ।’ नागरिकताको प्रमाणपत्र दिनुपर्ने राज्यको दायित्व भएपनि सरकार आफुले आफ्नो जिम्मेवारी पुरा नगरी उल्टै जनताले यसको सजाय भोग्नुपरेकोप्रति उनले आपत्ति जनाएका छन् ।

‘तसर्थ सबै नेपाली नागरिकहरूको नाम मतदातानामवलीमा सामेल गर्नु पर्दछ। निर्वाचन आयोग र सरकारले यस्तो गम्भीर विषयमा समयमै ध्यान पुर्‍याओस् ।कुनै पनि नागरिकलाई नागरिक अधिकारबाट बन्चित नपारियोस्’, अन्त्यमा उनले लेखेका छन् ।

अध्यक्ष यादवद्वारा सामाजिक सञ्जालमा लेखिएको पोष्ट :

https://www.facebook.com/permalink.php?story_fbid=1521288144924625&id=100011303623303