प्ले अफको दोस्रो लेगमा न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरु अर्को बर्ष रुसमा हुने बिश्वकप फुटबलका लागि छनोट भएको छ ।


ADVERTISEMENT


यो संगै बिश्वकप फुटबल खेल्ने ३२ राष्ट्रकै टुंगो लागेको छ । घरेलु मैदान स्टाडियो नेशनल लिमामा पहिलो हाफमा १–० को अग्रता बनाएको पेरुले दोस्रो हाफमा अर्को गोल थप्दै समग्रमा २–० को नतिजासहित रसियाको टिकट पक्का गरेको हो ।


ADVERTISEMENT

# # #


२७ औं मिनेटमा जेफर्सन फारफानले गोल गर्दै घरेलु टोलीले अग्रता बनाएको थियो । ६५ औं मिनेटमा क्रिष्टियन रामोसले अर्को गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।

खेलमा केही राम्रा अबसर सृजना गरेपनि न्युजिल्याण्डले गोल गर्न नसक्दा पराजय भोग्न बाध्य भयो । दुई राष्ट्रबीच यसअघि भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

बिश्वकपमा पुग्ने राष्ट्रहरु
– एसियाबाट: अष्ट्रेलिया, ईरान, जापान, दक्षिण कोरिया र साउदी अरेयिबा
– अफ्रिकाबाट: ईजिप्ट, मोरक्को , नाईजेरिया, सेनेगल, ट्युनिसिया
– युरोपबाट: बेल्जियम, क्रोएसिया, डेनमार्क, ईङल्याण्ड, फ्रान्स, जर्मनी, आईसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, रसिया, सर्बिया, स्पेन, स्विडेन र स्विटजरल्याण्ड
– मध्य अमेरिका तथा क्यारेयिबा क्षेत्रबाट :कोष्टारिका, मेक्सिको, पेरु र पानामा
–  दक्षिण अमेरिकाबाट : अर्जेन्टिना, ब्राजिल, कोलम्बीया र उरुग्वे