काठमाण्डौं-चलचित्र ‘छक्का पञ्जा–२’ ५१ औँ दिनमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


गत असोज ११ गतेबाट प्रदर्शनमा आएको चलचित्रको टिमले आज विशेष कार्यक्रम समेत आयोजना गरेको निर्माता दिपकराज गिरिले बताए । दीपाश्री निरौला निर्देशित यो चलचित्र अहिले विभिन्न ४ वटा हलमा चलिरहेको छ ।


ADVERTISEMENT

# # #


चलचित्रले हालसम्म पन्ध्र करोड माथिको ग्रस कलेक्सन गरिसकेको गिरिले बताए । यसअघि एक सय दिन मनाएको ‘छक्का पञ्जा’ले सोह्र करोडको ग्रस व्यापार गरेको दाबी गरेका छन् ।

दिपकराज गिरी, दिपाश्री निरौला र विकास आचार्यको संयुक्त लगानी रहेको ‘छक्का पञ्जा २’मा गिरि सहित प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारको अभिनय रहेको छ ।