काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना पार्टी कार्यालय सानेपामा सुरु भएको छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि गएको सोमबार निर्वाचन भएको थियो । सभापति र उपसभापतिको मतगणना सकिएपछि महामन्त्रीको मतगणना सुरु भएको हो।


ADVERTISEMENT


पार्टी कार्यालय सानेपामा मतगणना सुरु गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले चुवाव लडेका थिए । सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।


ADVERTISEMENT

# # #


निर्वाचन समितिले दिएको पछिल्लो  १०० मत गन्दा गगनले ७० मत पाएका छन् । अर्का उम्मेदवार विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन्। शर्माले ३४ मत पाएका छन् ।  प्रकाशशरण महतले ३१, प्रदीप पौडेल २७  मीनेन्द्र रिजालले २१ मत पाएका छन् ।