काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा सबैजसो भोट प्यानल बनाएर चुनावमा गएका पक्षलाई नै झरेको प्रारम्भिक अनुमान गर्न सकिन्छ । सभापतिमा जितेका प्रधानमन्त्री शेरबहादुर  देउवाको र पराजित भएका शेखर कोइरालाको मत अन्तर फराकिलो हुनुले पनि यो कुरा प्रमाणित भएको छ ।


ADVERTISEMENT


यता निवर्तमान उप-सभापति विजयकुमार गच्छदारको केही धुमलिएको छवि हुँदाहुँदै पनि कडा प्रतिष्पर्धामा आउनु तथा झिनो मत (२ मत) ले पराजित हुनु र नवनिर्वाचित उप-सभापति पूर्णबहादुर खड्काले सर्वाधिक  मत ल्याउनुबाट महाधिवेशन प्रतिनिधिको मनोविज्ञानलाई बुझ्न सकिन्छ ।


ADVERTISEMENT

# # #


महाधिवेशन प्रतिनिधिको मनोविज्ञान नयाँ नेतृत्व आउनुपर्छ भन्नेमा भन्दा पनि कुन प्यानलको हो सोही प्यानलबाट उठेकालाई मत दिनुपर्छ भन्ने देखिएको छ । जसले गर्दा युवा नेतृत्वको बहस चलिरहेको कांग्रेसमा नयाँ अनुहार आउला भन्ने अनुमान गर्न सकिँदैन ।

महाधिवेशनप्रतिनिधिहरूले स्वतन्त्र र व्यक्ति केन्द्रित मत हालेको पनि देखिएको छैन  । केही आंशिक र अपवादबाहेक सबै मत प्यानललाई नै परेको देखिन्छ । तसर्थ, महामन्त्रीमा विश्वप्रकाश शर्मा पराजित हुने निश्चितजस्तै देखिएको विश्लेषण गरिएको छ । अर्का प्रत्यासी गगनकुमार थापाले पनि जित्ने सम्भावना न्यून रहेको बताउन थालिएको  छ । यद्यपि पराजित नै हुन्छन्, भन्न सकिँदैन । सारमा भन्नुपर्दा गगनलाई भनेजस्तो वा प्रचारमा आएजस्तो सहजस्थिति देखिँदैन ।

दउवा प्यानलका महाधिवेशनप्रति निधिहरूका मत केहि थोरै मात्रामा चुहिए तापनि अधिकांश मत कटिबद्ध रहेको देखिएको कांग्रेस नेताहरुले चर्चा गरेका छन्  ।