काठमाडौं – नेपाली हास्य टेलिसिरियल भद्रगोलमा ‘बले’को भूमिकाबाट चर्चामा आएका कलाकार सागर लम्साल र टिकटकबाट चर्चामा आएकी प्रिज्मा खतिवडाबीच ब्रेकअपको खबर निकै छाइरहेको छ।


ADVERTISEMENT


लामो समयदेखिको प्रेम सम्बन्ध टुटेपछि प्रिज्मा पीडा व्यक्त गरिरहेको भेटिन्छिन्, तर सागर यस विषयमा मौन देखिन्छन् । केही दिनअघि ‘छल छल’ बोलको म्युजिक भिडिओ सार्वजनिक गर्ने बेला प्रिज्मा बलेसँगको सम्बन्धका विषयमा पत्रकारकै सामु रोएकी थिइन् । तर उनले विछोड भएका कारणले भन्दा पनि आफूसँगको ब्रेकअपपछि सागरले धेरै गाली खाइरहेकाले दुःख लागेको बताएकी थिइन् ।


ADVERTISEMENT

# # #


यसैबीच सागर यही वर्ष विवाह गर्ने तयारीमा छन्। सोही विषयमा प्रिज्मासँग कुरा नमिल्दा प्रेम सम्बन्ध टुटेको चर्चा पनि व्यापक छ ।चर्चाअनुसार सागर उनीसँग यही वर्ष बिहे गर्न चाहन्थे, तर प्रिज्मा अझै केही वर्ष विवाह नगर्ने सोचमा थिइन् ।