काठमाडौं – सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएकोमा शेरबहादुर देउवालाई बधाई दिएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत उनले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।


ADVERTISEMENT


देउवालाई बधाई दिएका भट्टराईले सोही शुभकामनामा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई प्रतिगमनकारी शक्ति भनी घुमाउरो भाषामा त्यस्ता शक्तिले टाउको उठाउन नपाऊन् भन्दै व्यङ्ग्यसमेत गर्न भ्याएका छन् ।


ADVERTISEMENT

# # #


शुभकामना सन्देशमा उनले देउवाको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस् भन्ने कामना गरेका छन् ।

यस्तै, प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाऊन् र अग्रगमनकारी शक्तिबीच एकता होस् भन्दै थप शुभेच्छा व्यक्त गरेका छन् ।