पोखरा – तनँहुमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय मंगल कुमाल रहेका छन् ।


ADVERTISEMENT


तनँहुको म्याग्दे गाउँपालिका वडा नम्बर ५ छाङपाटनमा ग१क २९१५ नम्बरको टिपरको ठक्करबाट कुमालको घटनास्थलमै मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


टिपरसहित चालक नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।