काठमाडौं – निर्वाचनमार्फत पहिलो चरणमा सभापति छनौट गर्ने नेपाली कांग्रेसको प्रयास विफल भएको छ । निर्वाचित हुन आवश्यक ५० प्रतिशत मत प्रतिस्पर्धीमध्ये कसैले हासिल गर्न नसकेपछि अब दोस्रो चरणको चुनाव हुने भएको छ ।


ADVERTISEMENT


कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुरू प्रर्तिपर्धामा उत्रिएकोमा कसैले पनि आवश्यक ५० प्रतिशत मत ल्याउन सकेनन् । देउवा जित नजिक भए पनि ८२ मतले चुके ।


ADVERTISEMENT

# # #


जितको नजिक पुगेर पनि जितको स्वाद नपाएका देउवाले कार्यकर्तालाई  ‘८२ मत अरु पाएको भए जितिन्थ्यो ।’ भन्दै दुख व्यक्त गरेको एक प्रतिनिधिले बताए ।

पहिलो चरणमा सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार शेरबहादुर देउवाले २२५८ मत हासिल गरेका छन् । उनलाई सुरुदेखि नै पछ्याएका शेखर कोइरालाले १७२९ मत ल्याए ।

त्यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४१ र कल्याण गुरुङले मात्रै २० मत बटुले । योसँगै अब सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको चुनाव हुने भएको छ ।