काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रचार प्रसारका लागि बनाइएको ब्यानर तथा कार्डहरु महाधिवेशन स्थल भृकुटीमण्डपमा लथालिंग अवस्थामा फालिएका छन् ।


ADVERTISEMENT


फोहोरका रुपमा रहेको प्रचार प्रसारका लागि बनाइएको ब्यानर तथा कार्डहरु महाधिवेशन स्थल भृकुटीमण्डपमा लथालिंग भएपनि सरसफाइमा तदारुकता देखाइएको छैन । कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले पनि यसो गर्नु दुखको विषय भएको सामाजिक सञ्जालमा आवाज उठिरहेको छ ।


ADVERTISEMENT

# # #


पहिलो चरणको सभापति पदको मतगणना सकिएको छ ।  अब पुन: सभापतिका लागि मतदान हुने भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गरेका छन् ।

उहाँका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् भने सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

अब पुन: सभापतिका लागि मतदान सकिएपछि महाधिवेशनका कामहरु सबै सकिनेछन् । फोहोर उठाउने कुरामा भने कसैको ध्यान गएको देखिएको छैन ।