पहिलो संविधानसभा चुनावताका जिल्लाका बासिन्दाले मलंगवा–नवलपुर सडक पिच गर्न आग्रह गरेका थिए ।


ADVERTISEMENT


दोस्रोपटकको संविधानसभा चुनावमा पनि यहाँका जनताको माग फेरिएन । सवारी चाप भएको प्रमुख सडक भत्किएर जीर्ण हुँदा पनि पिच नबनेपछि जनताको आक्रोश नेतामाथि पोखियो ।


ADVERTISEMENT

# # #


पहिलोपटक जितेका कुनै उम्मेदवारले दोहोर्‍याएर जितेनन् । अहिले पनि जनताको माग उही छ । पूर्व–पश्चिम राजमार्गबाट सदरमुकाम जोड्ने उक्त सडकको हालत उस्तै छ । २५ किमिको उक्त सडक बनाउन कुनै पनि नेताले चासो नदिएको स्थानीयको आरोप छ । सुगम तराईको जिल्ला भए पनि सडक जीर्ण बनेपछि छोटो दूरीको यात्रा पनि सकसपूर्ण बनेको छ । सवारी गुडदा उड्ने धूलोले बस्ती ढाकेको छ ।

१० वर्षदेखिको धूलोले स्थानीयमा रुघाखोकी र दमको संक्रमण बढेको सिर्सियाका जयकरण राय बताउँछन् । सडक बनाउन दबाबका लागि चक्काजाम, नाराबाजी, ज्ञापनपत्रलगायत गर्दा पनि सुनुवाइ नभएको जुटपानीका मोती लामा बताउँछन् ।

पिच बनाउन दुईपटक ठेक्का लागे पनि ठेकेदारले ढिलासुस्ती गर्दा काममा प्रगति छैन । जिल्लामा बजेट र प्रभावशाली नेताको कमी छैन । नेता वातानुकूलित सवारीमा आवतजावत गर्ने भएकाले समस्या सर्वसाधारणलाई मात्र छ ।