काठमाण्डौं-सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौंका सबै र ललितपुरका केही स्थानमा एनालग टीभी बन्द गरेको छ । मन्त्रालयबाट खटिएको अनुगमन टोलीले बुधबार विभिन्न केबल टेलिभिजनप्रदायक कम्पनीमा अनुगमन गरी एनालग टीभी बन्द गरेको हो । एनालग टेलिभिजन बन्द भएसँगै काठमाडौं र ललितपुर गरी झन्डै ३० लाख ग्राहक प्रभावित भएका छन् । उनीहरूले बुधबारदेखि टेलिभिजन हेर्न पाउने छैनन् ।


ADVERTISEMENT


मन्त्रालयबाट केबल टेलिभिजन शाखाका शाखा प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपालको नेतृत्वमा टोली अनुगमनमा गएको थियो । टोलीले अनुगमनका क्रममा सुबिसु केबल नेटवर्क प्रालि, सोनिङ केबल टीभी, काठमाडौं केबल, जावलाखेल केबल नेटवर्क, स्पेसटाइम नेटवर्क, सीईसी केबल नेटवर्क प्रालि र स्काई केबल टीभी प्रालिले प्रदान गरिरहेको एनालग टेलिभिजन सेवालाई बन्द गरिदिएको छ ।


ADVERTISEMENT

# # #


एनालग टीभी बन्द भएसँगै काठमाडौं र ललितपुरमा करिब ३० लाख ग्राहक प्रभावित भएको नेपाल केबल टीभी महासंघका अध्यक्ष सुधिर पराजुलीले बताए । उनका अनुसार काठमाडौं उपत्यकाका २५ प्रतिशत ग्राहकले मात्र अहिलेसम्म डिजिटल सेटअप बक्स प्रयोग गर्ने गरेका छन् । डिजिटल सेटअप बक्स नभएका ग्राहकल टीभी हेर्न नपाउने भएका हुन् । उनका अनुसार व्यवसायीको रूपमा हेर्ने हो भने सरकाले चालेको कदम एकदमै उचित हो । ‘यो व्यवसायी आफैंले माग गरेको विषय भएकाले हामी यसमा सहमत छौं, पराजुलीले भने, ‘तर चुनावको मुखमा ग्राहकलाई सूचनाबाट बञ्चित गराउनु उपयुक्त देखिँदैन ।