काठमाडौं – नेपाली कांग्रेसको १४ ‌औं महाधिवेशनमा सभापतिका आकांक्षी शेखर कोइराला पक्षबाट महामन्त्रीमा दाबी गरिरहेका गगन थापाले समूहभित्र एक किसिमको महोल बनाएका छन् । यता महामन्त्रीकै दाबेदार प्रदीप पौडेलको पनि देउवा समूहमा चर्चा चुलिएको छ । युवा नेतृत्व चाहिन्छ भन्ने कांग्रेसमा गगन र प्रदीपको एक आपसको प्रतिस्पर्धाले एकखाले युवा जोशलाई जगाइदिएको देख्न सकिन्छ ।  राजनीतिमा गगनको नाम युवा नेतृत्वसँग जोडेर सँधै चर्चा गर्ने गरिन्छ । उनी विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा उदाएका एक गेम चेन्जरका रुपमा देखा परेका छन् । युवा जोशले भरिएका थापा सहकर्मीबीच छिटो भिज्ने कारणले गेमचेन्जरका रुपमा देखिन्छन् । यता पौडेल पनि कम आकिएका छैनन् ।


ADVERTISEMENT


केन्द्रीय सदस्य  थापा र प्रदीप पौडेल  समकालीन हुन् । पौडेल  महामन्त्रीका दाबेदार मानिएका छन् । चितवनमा भएको नेविससंघको महाधिवेशनमा अध्यक्षको प्रत्यासी बन्ने तयारीमा रहेका थापासँग पौडेल प्रतिस्पर्धाको पक्षमा उभिएका थिए । त्यसबेला थापाले अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्दै पौडेललाई समर्थन गरेका थिए । हाल पौडेल पनि महामन्त्रीको दाबेदार छन् र गगन पनि । प्रदीपले उतिबेलाको गगगनको गुनलाई सम्झलान् ? प्रश्नहरु उठेका छन् ।


ADVERTISEMENT

# # #


१३औं महाधिवेशमा थापा र पौडेल दुवै सिटौला समूहमा थिए । अहिले थापा उक्त समूहबाट अलग भएर शेखर कोइरालाको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका छन् । पौडेलसहित सिटौला समूह शेरबहादुर देउवासँग चुनावी तालमेल गर्दै अघि बढेको छ । पौडेल देउवाको महामन्त्रीको उम्मेदवार बनेका छन् । समूह परिवर्तन गरे पनि गगनको सम्भावना भने धेरै रहेको प्रतिनिधिहरु बताउँछन् । उमेरले थापाभन्दा पौडेल केही जेठा छन्। तर, स्कुल एकाइदेखि सुरु भएको उनीहरूको प्रतिस्पर्धा पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पनि हुने देखिएको छ । पौडेलभन्दा पहिला थापा सांसद, केन्द्रीय सदस्य, मन्त्री र महामन्त्रीको उम्मेदवार भइसकेका छन् । पौडेल र गगनबीचको यो प्रतिस्पर्धा निकै रोचक देखिने भएको छ ।