काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता हुनेछ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म निर्णय हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।


ADVERTISEMENT


यस्तो छ निर्वाचन कार्यक्रम
उम्मेदवारको मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ । यस्तै, आज बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म रहेको छ । यस्तै, मनोनयनपत्र फिर्ताका लागि भोलि आइतबार बिहान ११ बजेसम्म तोकिएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ ।

नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिसकेको छ ।