रुपन्देही– लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानव अधिकार उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


त्रिहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरका राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशलगायतका सङ्घ संस्थाले आज बुटवलमा निकालेको ¥यालीपश्चात् आयोजित सभामा उहाँले मानवअधिकार रक्षा गर्नु सबैको दायित्व भएकोजनाएका हुन् ।


ADVERTISEMENT

# # #


समाजमा महिलामाथि हुने हिंसा बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबैले आफ्नो ठाउँबाट आवाज उठाउन आवश्यक रहेकोमा उनले जोड दिए । ‘महिलाकै गर्भबाट जन्मिएर महिलामाथि नै हिंसा गर्नु बिडम्वना हो’, शेरचनले भने । उनले ७३औँ मानवअधिकार दिवस मनाइरहँदा पनि नेपाली नागरिकको अधिकारको संरक्षण हुन नसकेको उल्लेख गर्दै यसमा सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्यले मानवअधिकारको संरक्षण र सम्वर्धनमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए । रासस