काठमाडौँ– नेपाल–भारत फ्रेंडशिप सोसाइटी (एनबीएफएस) ले हवाई दुर्घटनामा परी ज्यान गुमाएका भारतीय जनरल बिपिन रावतप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।


ADVERTISEMENT


जनरल रावत एक बुद्धिमान, इमानदार, साहसी र दूरदर्शी जनरल मात्र नभई धेरै दयालु रहेको समेत जनाउँदै उनको मृत्यु सिंगो भारतको निम्ति ठूलो क्षति रहेको समेत बताएको छ ।


ADVERTISEMENT

# # #


बुधवार तमिलनाडुको कुनुरस्थित भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाउनेमा रावतसंगै हेलिकप्टरमा सवार उनकी पत्नी मधुलिकासहित अन्य ११ सुरक्षाकर्मीहरु पनि रहेका छन् । सो असमायिक मृत्युप्रति श्रद्धाञ्जलि प्रकट गर्दै एनबीएफएसले उनीहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।