काठमाडौं – भारतका विदेशमन्त्री डा एस जयशंकर (ईएएम) ले  भिडियो सन्देशमार्फत नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् ।


ADVERTISEMENT


उनले सन् २०१५ को भूकम्पबाट नेपालले सिकेका र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर आपतकालीन प्रतिकार्य, पुनर्निर्माण र पुनःस्थापनाका अनुभवहरूबारे छलफल गर्ने बहुमूल्य अवसर प्रदान गर्ने यो कार्यक्रम आयोजना गरेकोमा नेपाल सरकारलाई बधाई दिए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत पनि सहभागी थिए ।


ADVERTISEMENT

# # #


आफ्नो सम्बोधनमा इएएमले २०१५ जुन २५ मा नेपालको पुनर्निर्माण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा भारत सरकारले भूकम्पपीडितको पुनर्निर्माणका लागि १ अर्ब अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको बताएका थिए । यसको एक चौथाइ स्वास्थ्य, सांस्कृतिक सम्पदा, आवास र शिक्षा क्षेत्रमा उपयोग गर्न अनुदान सहायताको रूपमा दिने प्रतिबद्धता जनाइएको थियो ।

विगत पाँच वर्ष वा सोभन्दा बढी अवधिमा भारतले नेपाल सरकारले पहिचान गरेका विभिन्न प्राथमिकताका क्षेत्रहरू अन्तर्गतको प्रतिबद्धतालाई उल्लेख्य रूपमा पूरा गरेको छ । परराष्ट्रमन्त्रीले भारतीय सहयोगमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजि सञ्चालित घरको पुनर्निर्माण सम्पन्न भएको पनि बताए । स्वास्थ्य, शिक्षा र संस्कृतिका बाँकी क्षेत्रका आयोजना पनि अघि बढिरहेका छन् । नेपालका विभिन्न भूकम्प प्रभावित जिल्लाहरूमा ७० विद्यालय र पुस्तकालय, १ सय ३२ स्वास्थ्य सुविधा र २८ सांस्कृतिक सम्पदा क्षेत्रका आयोजनाहरूको पुनर्निर्माणको लागि भारत सरकारले आर्थिक सहयोग गरिरहेको छ ।

उनले विनाशको भग्नावशेषबाट आफ्नो जीवन र समुदायको पुनर्निर्माण गरेका नेपाली जनताको साहसको प्रशंसा गरे। उनले यस वाट सिकेका पाठ र पुनर्निर्माणको क्षमतालाई समग्र विकासको प्राथमिकतामा मूलप्रवाहमा ल्याइने भएकाले त्यस्ता समर्पित प्रयासबाट नेपालको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न हुन लागेको बताए ।

ईएएमले नेपालसँग भारतको विकास सहयोग बहुआयामिक र बहुस्तरीय भएकोमा जोड दिए जुन समयको परीक्षामा खडा उभिन सफल भएको छ । उनले हाम्रो पारस्परिक सहयोग मानव प्रयासको हरेक क्षेत्रमा फैलिएको र यो दुई देशका जनतालाई जोड्ने अन्तर्क्रियात्मक गन्तव्य र विकास मार्गहरूद्वारा परिभाषित रहेको कुरा जानकारी गराए ।

यस प्रक्रियामा कसैलाई पनि पछि नछोड्ने र राम्रोसँग पुनर्निर्माण गर्ने कार्यलाई अगाडि बढाउन विनाशको खरानीबाट निस्किएको नेपाली राष्ट्रको भावना र साहसको ईएएमले प्रशंसा गरे । उनले भूकम्पपछिको पुनर्निर्माणको नेपालको यात्रामा भारत र त्यहाँका जनताले योगदान दिनु गौरवको विषय भएको बताए । यस सम्बन्धमा हाम्रो साझेदारीले हाम्रा दुई महान देशहरूबीचको सम्बन्धको स्थायित्व र दृढताको पनि प्रमाण दिन्छ।