काठमाडौं – नेकपा एमालेका युवा नेता तेज प्रकाश निषाद अखिल नेपाल पिछडावर्ग (OBC) महासंघका अध्यक्षमा चयन भएका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा पार्टीको सचिव शेर बहादुर तामाङको प्रमुख आातिथ्यमा सम्पन्न भएको भेलाले निषादलाई पिछडावर्ग महासंघको अध्यक्षमा चयन गरेको हो ।
पर्सा घर भई एमालेको राजनीतिमा सक्रिय निषाद हाल प्रदेश कमिटी सदस्य समेत रहेका छन् । अखिल नेपाल पिछडावर्ग महासंघमा महासचिव रहेर लामो समय काम गरेका निषादको अध्यक्षतामा अब संघले निरन्तरता पाउने छ ।
भेलाले कमिटीका विभिन्न सदस्यहरु पनि चयन गरेको छ ।