काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सभासद बहादुर सिंह लामाले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सह-माहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।


ADVERTISEMENT


नुवाकोटबाट चुनाव लड्दै केन्द्रीय राजनीतिमा उदाएका लामाले आसन्न १४ औं महाधिवेशनमा सह-माहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


हाल सङ्घीय सभासद समेत रहेका लामा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । लामा संविधान सभामासमेत सदस्य रहेर काम गरेका व्यक्तित्व हुन् । नेपाली समाजको चौतर्फी विकासको निम्ति अगाडि बढेका लामा राजनीतिका अतिरिक्त व्यवसायी हुन् ।

लामाले एक वक्तव्य जारी गर्दै सह-माहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामा व्यवसाय, राजनीति, सामाजिक क्षेत्र लगायत क्षेत्रमा सक्रिय भूमिका निभाउँदै आएका परिचित नाम हुन् ।