काठमाडौं – नेपालकी एक प्रखर वक्ता एवं  पत्रकार  रमा सिंहले राप्रपाका पराजित अध्यक्ष कमल थापालाई विभिन्न किसिमका गैर जिम्मेवार अभिव्यक्ति दिएकोप्रति प्रश्न गरेकी छन् ।  उनले सामाजिक सञ्जालमा एक लामो चिठ्ठी लेख्दै थापालाई राप्रपाको अध्यक्ष हुँदा गरेका गैर जिम्मेवार कामहरुप्रति प्रश्न गरेकी हुन् ।


ADVERTISEMENT


पत्रकार  रमा सिंहले लेखेकी छन्: 


ADVERTISEMENT

# # #


कमल दाजु ,
पाथीभरा माताले पनि हेरिनन् ‘।

एउटा खेलाडीको नाताले २०४० सालमा तपाईलाई फुटबलको मैदानमा चिन्दा तपाईंको व्यवहार, बिचार र कार्यशैली नै तपाईको सफलताको सिँढी बनेको भन्ने म मा रहेको विश्वास ३८ बर्षपछि गर्ल्याम गुर्लुम्मै ढल्यो ।

नेपालमा खेलकुदको संस्थागत विकाशका प्रणेता स्वर्गीय शरद चन्द्र शाहको छहारी र विकाश (अनुशासन( गतिशिलताको अनुशासित लक्ष्य बोकेको खेल क्षेत्रमा आफ्नो व्यक्तित्व विकाश गर्ने अवसर पाउनुभएकोले पनि बढी निष्ठावान र अनुशासित जीवन शैली अपनाउनु भएको होला भन्ने ठानेका म जस्ता धेरैलाई निर्वाचन परिणाम पछिको व्यवहारले तपाई प्रतिको धारणा परिवर्तन गर्न स्वयं तपाईंले नै बाध्य पारिदिनु भो , यस्का लागि तपाईंलाई बधाई दिन चाहान्छु ।

राप्रपाको निर्वाचन अघि र परिणामपछि उल्लेख गर्नुभएको प्रसंग सन्तोष पन्तजीको प्रहशन भन्दा पनि रोचक बन्यो , निर्वाचन अघि “ राजाको मलाई साथ छ “ भनेर राजाको सचिव सागर प्रसाद तिमिल्सिनाको नाम भजाएर प्रचार प्रसार गर्ने तर, परिणाम ‘हात लाग्यो सुन्ना’ भएपछl “ राजाले मलाई हराए “ भनेर धारे हात लगाउने चरित्रलाई राजनिती शास्त्रका विद्यार्थीले अध्ययनको विषयवस्तु बनाए पनि, नबनाए पनि , दशकौं पहिले आफ्नै पार्टीको सरकार ढाल्न गर्नुभएको योगदानपछि राजनीतीमा मुसो प्रवृतिको विकाश भयो भनेर लोकेन्द्र बहादुर चन्दले सार्वजनिक घोषणा नै गर्नुभएको प्रसंगले राप्रपा फेरी तरंगित भएको छ ।

निर्मल निवासले चुनाब गराउने, जिताउने र हराउने गर्छ भन्ने महाज्ञान हुँदाहुँदै अधिवेशन किन गराई रहेको ? “ निर्मल निवासको मलाई आशीर्वाद छ ठोको ताली “ भनेको भए तररररर ताली बजी हाल्थ्यो । यत्रो रोदन, क्रन्दन किन ? भोट त निर्मल निवासका ढोके, हुक्के, बैठकेले पक्कै हालेनन् । तपाईंकै ४६०० महाअधिवेशन प्रतिनिधीले नै हालेका हुनाले मेरै कार्यकर्ताले मलाई किन हराए भनी स्वनाम मूल्याकंन पनि गर्ने कि ?

हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा बोक्ने “ शनै शनै घस्कन्ते मन्त्री पदेन कुशलन्त भव “ भन्दै गणतन्त्रमा रमाउने छद्मभेषको पर्दा खुलेपछिको भंगेरे चित्तले अग्लिएको उचाई ढलेको मात्रै हो सुध्रिने बाटो टुटी सकेको भने छैन । हिन्दु धर्म र राज संस्थाको मुद्दा बोकेकै कारण एक निर्वाचनमा “ एक भोट दाईलाई , एक भोट गाईलाई “ धर्म रक्षा गर्ने जिम्मा स्वरूप जनताले दिएको २५ सिटको सदुपयोग भयो ? भएन ?

किन भएन ?
२५ सिट २५ करोडमा लिलाम बढाबड भएको खबरको चर्चा चलेकै हो ।
संविधान सभाबाट संविधान अनुमोदन हुन नदिन मधेशवादी दलले बहिस्कार गर्दा राप्रपाका २५ सै जनाले लुरूलुरू संविधानमा ल्याप्चे त त्यसै लगाएका थिएनन् । त्यहाँ पनि ६५ करोडको गिन्ती गराउँदै राष्ट्रसंघको जेनेभा कार्यालयमा विश्वकै उत्कृष्ट संविधानको प्रशस्ति गाउन पुग्दाको परिणति पनि हो कि यो चुनाबी परिणाम ?

हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेर राष्ट्रपतिको प्रस्तावक र समर्थक बन्दै बेग्लै बिचारधाराका ३ प्रधानमन्त्रीको कार्यकालमा उपप्रम बन्दै जाने कार्यशैलीले गर्दा २०७४ सालको निर्वाचनमा जनताले २५ बाट १ मा झारे ।
त्यति बेलानै जनताले चुनाब त हराएकै हुन् नि ! त्यो बेला राजाले चुनाब हराए भन्ने ज्ञान किन आएन ?

२५ सिटको उन्मादपछि कार्य समितीको बैठकमै पनि

“ राजा राजा भन्दै हिँड्ने हामी भजन मण्डली हौ र ? “
“हामीले राजसंस्था भनेका हौं पूर्वराजा भनेका हैनौं “
“ राजाले राप्रपा फुटाउने खेलमा लागे यस्को मूल्य महंगो पर्न सक्छ”
भन्ने जस्ता सानो चित्त र तुच्छ बिचार आफ्नै अजेण्डामाथि व्यक्त गर्दै हिँड्नु नैतिकताको पराकाष्टा भन्दै धेरैले राप्रपा परित्याग गरेको बिर्सनु भएको पक्कै छैन होला ?

आफूबाहेक अरूलाई सुन्दर नदेख्ने आनीबानीले स्वयं अलोकप्रिय दलदलमा भासिने क्रममा राजनितीका अग्रजहरूलाई “अल्छी बुढो घोडा”
र युवालाई “आला काँचाहरू टुँडीखेलमा दौड” जस्ता अभिव्यक्तिले तपाईंलाई “म सुन्यमा सुन्यसरी हराएँ “ नबनाउला भन्न सकिन्न ।
इमान र निष्ठाको राजनिती गरेको भए पाथीभरा माताको शरणमा जब्बरजस्ती अरूलाई उभ्याएर कसम खुवाउने दुष्चरित्र पनि देखा पर्दैन थियो कि ?  तर के गर्नु पाथीभरामाताले पनि पुर्वेली लिम्बुको सत्य र निष्ठाको परख गरिन् । किन निर्मल निवासतिर मात्रै धारे हात लगाउनु हुन्छ , उनै पाथीभरा मातालाई पनि धारे हात लगाउने कि ?