काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्‍ततर्गत ६ प्रदेशमा अधिवेशन सम्पन्‍न भएका छन् । प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा शनिबार प्रदेश कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो । सोमबार बिहान लुम्बिनी र प्रदेश १ को नतिजा आएसँगै ६ प्रदेशले पहिलो पटक नयाँ कार्यसमिति पाएको हो । यसअघि आइतबार बागमती, गण्‍डकी, कर्णाली र सुदूरपश्‍चिमको नतिजा आएको थियो ।


ADVERTISEMENT


प्राप्‍त नतिजाअनुसार सुदूरपश्‍चिम, कर्णाली र बागमतीमा वर्तमान सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार विजयी भएका छन् । लुम्बिनी र गण्‍डकीमा नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा भने सिटौला पक्षका उम्मेदवार विजयी भएका छन् । जसमा संस्थापन अर्थात् देउवा पक्षले साथ दिएको थियो ।


ADVERTISEMENT

# # #


बागमती प्रदेशका कांग्रेस सभापति ईन्द्र बहादुर बानियाँको  चुनाव जितेका उम्मेदवारको टिम बनेको छ ।

नेपाली कांग्रेस, प्रथम प्रदेश अधिवेशन अन्तर्गत बाग्मती प्रदेश अधिवेशनबाट निर्वाचित यस्ता छन् प्रतिनिधि :
१. ईन्द्र बहादुर बानियाँ- सभापति
२. चन्द्र महर्जन-  उप-सभापति
३. मोहन बहादुर बस्नेत- उप सभापति
४. कन्चन बादे श्रेष्ठ- महामन्त्री
५. राजु श्रेष्ठ- महामन्त्री
६. जिवन डंगोल- सह महामन्त्री
७. ऋषि घिमिरे- सह महामन्त्री
८. हरिशरण श्रेष्ठ- सह महामन्त्री