काठमाडौं – झन्डै दुई वर्षसम्म नेपालमा कोरोना भाइरस (कोभिड–१९)का तीनवटा भेरियन्ट सक्रिय देखिए । डेल्टासहित अल्फा र कप्पा भेरियन्टले ९ लाख १५ हजारभन्दा बढीलाई संक्रमित गरायो । डेल्टा भेरियन्टको संक्रमणले सुरुमा नाक र जिब्रोलाई असर गथ्र्यो। धेरैले स्वाद थाहा पाएनन् । सुँघ्ने क्षमता हरायो । मृत्युदर पनि ह्वात्तै बढ्यो ।


ADVERTISEMENT


अहिले विश्वका ३५ भन्दा बढी मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । तर, यसको असर डेल्टा जस्तो घातक नभएको स्वास्थ्यविद् बताउँछन् । ‘यो अध्ययनकै क्रममा रहेकाले यसबाट आत्तिई हाल्नुपर्ने अवस्था छैन,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, क्लिनिकल रिसर्च युनिट संयोजक डा शेरबहादुर पुन भन्छन्, ‘यद्यपि विगतमा हामीले दोस्रो पटकसम्म महामारीको चपेटाबाट गुज्रिसकेको कारण हामी यसबारे अझ सचेत हुनुपर्ने अवस्था चाहिँ छ ।’


ADVERTISEMENT

# # #


डा. पुन हालसम्मको अवस्थालाई हेर्दा ओमिक्रोनको जटिलता नदेखिएको बताउँछन् । ‘यसको लक्षणहरू अहिलेसम्म सामान्य देखिएका छन् । संक्रमण भइहाल्यो भने पनि तर्सिहाल्नु पर्ने अवस्था छैन ।’ उत्परिवर्तनका कारण भाइरसले जुनसुकै म्युटेशन स्थापित गरेपनि त्यसबाट जोगिने उपाय भनेकै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु रहेको डा. पुनको भनाई छ ।

यस्तै,  ओमिक्रोनको संक्रमणबाट जोगिन अपनाउने रणनीतिका सम्बन्धमा मंगलबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार डा आरपी बिच्छाले बताए ।