काठमाडौं – पछिल्लो समय सक्रिय रहेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ३५ देशमा फैलिएको छ । नोभेम्बरमा २४ दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको नयाँ भेरियन्ट १० दिनमै ३५ देशमा फैलिएको हो ।


ADVERTISEMENT


ओमिक्रोन दक्षिण अफ्रिका, बोत्स्वाना, नेदरल्याण्ड, हङकङ, इजरायल, बेल्जियम, बेलायत, जर्मनी, अस्ट्रेलिया, इटली, चेक गणराज्य, डेनमार्क, अस्ट्रिया, क्यानडा, स्वीडेन, स्वीट्जरल्याण्ड, स्पेन, पोर्चुगल, जापान, घाना, दक्षिण कोरिया, नाइजेरिया, ब्राजिल, नर्वे, साउदी अरब, आयरल्याण्ड, अरब इमिरेट्स, भारत, ग्रीस, अमेरिका, सिंगापुर, मलेसिया, फ्रान्स, श्रीलंका र मेक्सिकोमा फैलिइसकेको छ ।


ADVERTISEMENT

# # #


डेल्टा भेरियन्टभन्दा संक्रामक मानिएको यो भेरियन्टको संक्रमणबाट जोगिनका लागि सचेत रहन ज्ञिहरुले आग्रह गरेका छन् । हालसम्म ओमिक्रोनबाट ४ सय जना संक्रमित भएको पाएको छ । तर यसको संक्रमणबाट भने कसैको पनि मृत्यु नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ को सूचीमा राखेको छ।